वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाईने

काठमाडौँ, २४ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गर्नुभएको छ ।

आज योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका तथा अन्तरक्रिया’ विषयक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुखसमेत रहनुभएका गृहमन्त्री थापाले भ्रष्ट, तस्कर, सिन्डिकेटविरुद्ध अभियान शुरु गरेको भन्दै यसलाई निष्कर्षमा पु¥याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले गृह मन्त्रालयले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागेको जानकारी दिँदै सो अभियानमा युवालाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना रहेको भन्दै अब त्यसका लागि समेत गृहकार्य गरिने बताउनुभयो ।

उहाँले जनताको आकांक्षा र देशको विकास तथा समृद्धिको लक्ष्यसहित माओवादी केन्द्र र नेकपा (एमाले) बीचको पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।