आज हिमानी र पारशका छोरा हृदयेन्द्रविक्रम शाहको जन्मदिन !
काठमाडौँ । हृदयेन्द्रविक्रम शाह आजबाट १७ वर्षमा प्रवेशमा लागेका छन् ।
साउन महिनाको १४ गते जन्मिएका पूर्वराजा ज्ञानेन्द्रका नाती एवम् पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानीका छोरा हृदयेन्द्रविक्रम शाह १७ वर्षमा प्रवेश गरेका हुन् ।
१६ वर्ष लागेपछि गत वर्ष नै नागरिकतासमेत बनाइसकेका उनी पूर्व राजपरिवारको सबैभन्दा कान्छो सन्तान् हुन् । हृदयेन्द्रविक्रम शाहका दुई दिदीहरु छन् ।
बाबु पारश र हिमानीको सम्बन्धको उतारचढावका कारण पारश एउटै घरमा नबसे पनि पछिल्लो समय उनीहरुको सम्बन्ध सुध्रिदै गइरहेको बताइन्छ ।


