१० हजार घुससहित सव इञ्जिनियर पक्राउ

गुलरिया, बर्दिया । गुलरिया नगरपालिकाका सव इञ्जिनियर रमेशकुमार गौतमलाई अख्तियारले घुससहित मंगलबार राति पक्राउ परेका छन् ।

बबई बहुमुखी क्याम्पसको सेफ्टी ट्यांकी निर्माण सम्पन्न कार्य प्रगति प्रतिवेदन बनाइ कार्य सम्पादन गर्नका लागि रु १० हजार घुस लिएको आरोपमा कोहलपुरको अख्तियारले प्रहरीको सहयोगमा गुलरिया नगरपालिकाको कार्यालयभित्र गौतमलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि अभियुक्त गौतमलाई अख्तियार कार्यालय कोहलपुरमा लगिएको गुलरिया नगरपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।