प्रहरी इन्काउन्टरमा मारिएका अजय र गोपाल तामाङको परिवार उजुरी दिन मानव अधिकार आयोग पुगे

काठमाडौं । प्रहरी इन्काउन्टरमा भक्तपुरमा मारिएका दुई अपहरणकारी अजय तामाङ र गोपाल तामाङको परिवार उक्त घटनाको सत्य तथ्य छानबिन गरीपाउँ भनी मानवअधिकार आयोग पुगेका छन् ।

बुधबार तामाङद्वयका परिवारले घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

भक्तपुरको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीहरूले हत्या गरेका थिए ।अपहरणमा परेका बालक मृत भेटिएपछि प्रहरीले गरेको अनुसन्धानको क्रममा अपहरणकारीसँग भएको मुडभेडमा दुई अपहरणकारी पनि मारिएका थिए ।

मृतक गोपालका आमाबुवा, बहिनी तथा अजयका बुबा निमा तामाङले आयोगमा निवेदन दिएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖