ढुक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

काठमाडौँ । सरकारले नयाँ संविधान र त्यसका प्रावधानअनुरुप सम्पन्न निर्वाचनबाट सुविधाजनक बहुमतको स्थिर सरकार गठन भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ ।

अन्तर्राष्ट्रिय वित्त संस्था र वासिङ्टन डिसीस्थित नेपाली दूतावासले मङ्गलबार संयुक्तरुपमा आयोजना गरेको लगानीकर्ताको सम्मेलनमा नेपालको संविधान र कानूनले समेत लगानीकर्ताको निजी सम्पत्ति संरक्षणको सुनिश्चितता गरेकाले नेपालमा उपलब्ध अवसरको फाइदा लिन लगानीकर्तालाई सरकारले आह्वान गरेको हो ।

अन्तर्राष्ट्रिय लगानीकर्तामाझ अर्थमन्त्री युवराज खतिवडाले विदेशी लगानी, कर तथा श्रम कानून लगानीमैत्री रहेका र लगानी बोर्डमार्फत एकल बिन्दुबाट सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

नेपाली दूतावासका अनुसार मन्त्री खतिवडाले नेपालको ‘कर्पोरेट’ करको दर प्रतिस्पर्धात्मक रहेकाले उच्च प्रतिफल प्राप्त हुने, ऊर्जा, यातायात, पूर्वाधार तथा पर्यटन व्यवसाय र पर्यटन पूर्वाधारका क्षेत्रमा अझ बढी प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

विश्व बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले लगानीका निम्ति नेपालमा अभूतपूर्व अवसर रहेका भन्दै आश्वस्त भएर पूँजी परिचालन गर्न आह्वान गर्नुभयो ।
यसैबीच मन्त्री खतिवडाले नेपालको विकास साझेदारी खाकासम्बन्धी विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकमा नेपालका विकासका चुनौती र अवसरबारे जानकारी दिँदै आगामी पाँच वर्षका लािग गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गर्नुभयो ।

भोलिसम्म चल्ने उक्त बैठकमा अर्थमन्त्रीले नेपाललाई सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न थप सहायता आवश्यक परेको वास्तविकता प्रस्तुत गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धता दोहो¥याउनुभएको नेपाली दूतावासले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।