विद्यालयमै उपलब्ध हुन्छ सेनेटरी प्याड

कञ्चनपुर । किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ ।

रजस्वला हँुदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो ।

रजस्वला हँुदा पानी छुन नदिने, धार्मिकस्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने लगायतका कार्य यहाँका समाजमा अझै विद्यमान छ । समाजमा विद्यमान यस्ता कुप्रथालाई हटाउनका लागि नगरपालिकाले विद्यालयमा कार्यक्रम सञ्चलन गरेको छ ।

चेतनाको अभावमा किशोरीहरुले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेका छौंँ नगर प्रमुख हमालले भन्नुभयो, “यसका लागि नगरपालिकाले रु एक लाख बजेट छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।”

यसैगरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निःशुल्क दिने व्यवस्था गरेको छ । वडा नं– ८ रैकवार स्वास्थ्यचौकी र वडा न ५ कृष्णपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा निःशुल्क गरिएको हो ।

प्रयोगशाला सेवा निःशुल्क गरिएपछि दुबै स्वास्थ्य चौकीलाई रु दुई लाख अनुदान रकम उपलब्ध गराइएको नगर प्रमुख हमालले बताउनुभयो । नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रुपमा रु तीन हजार भत्ता उपलब्ध गराउने पनि व्यवस्था गरेको छ ।

सुत्केरी पछि तीन पटक स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा पुग्ने महिलालाई समेत प्रोत्साहनस्वरुप नगरपालिकाले रु तीन सयका दरले रकम उपलब्ध गराउनाका साथै पाठेघर खसेका महिलाका लागि स्क्रानिङ गर्नका लागि दुई वटा क्याम्प सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । सो कार्यका लागि रु एक लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

गर्भवती तथा बालबालिका पोषण प्रर्वद्धन तालीमका लागि रु एक लाख र किशोरकिशोरीको प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउनका लागि तालीम आयोजना गर्न रु एक लाख ५० हजार व्यवस्था गरिएको छ । “नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्यबारे जागरुक बनाइ स्वस्थ्य समाज निर्माणका लागि जनमुखी कार्यक्रम बनाइ लागू गरेका छौँ ” नगरप्रमुख हमालले भन्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।