मार्गपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने
धनकुटा खबर । तेह्रथुम जिल्लाको छथरगाउँपालिका वडा न १ मा रहेको मार्गपोखरी लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।
प्रचार प्रसार र भौतिक पूर्वाधार अभावमा ओझेलमा रहेको आकर्षक पर्यटकी क्षेत्र मार्ग पोखरी लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने छथरगाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।
प्रदेश सरकारको १० लाख रुपैया सहयोगमा यसै आर्थिक बर्षमा सिधुवा शुक्रबारे सडक खण्ड बाट मार्गपोखरी सम्म जानका लागि पद निर्माणको काम सुरु गरिने र गाउँपालिकाले समेत आफ्नो खर्चमा भौतिक पुर्वाधारको काम गर्ने साथै यसरको प्रचार प्रसारमा समेत जोड दिईने उनले बताए ।
पर्यटकीय क्षेत्रकै रुपमा रहेको यस ठाउँको बृहतरुपमा विकास गर्नु पर्ने भए पनि गाउँपालिकाको मात्र आर्थिक अवस्थाले पुरा गर्न गाह्रो हुने भएकोले सहयोगी निकाय खोजी गरी मार्ग पोखरी हुदै , कुकुर छिर्ने देखि लिएर शुक्रवारे सम्मको डाडाँ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरीने योजना गाउँपालिकाले बनाएको र यस लाई क्रमश विकास गर्दे लेगेर पर्यटकलाई यस स्थान सम्म घुम्न आउने बतावरण बनाउने गाउँपालिका अध्यक्ष तिगेलाको भनाई छ ।


