सबै प्रधानमन्त्रीहरुको शालिक अब एकै स्थानमा !

धनकुटा खबर । तेह्रथुमको छथरगाउँपालिकाको शुक्रबारे बजार नजिकै प्रधानमन्त्री राष्ट्रिय पार्क निर्माण गरिने भएको छ ।

निर्माण गरिन लागेको यस पार्कमा नेपालका सबै पूर्वप्रधानमन्त्रीहरुको शालिक निर्माण गरिने छ साथै उनिहरुको कार्यकाल र उनिहरुले गरेका महत्व पूर्णकार्य र योगदानको अभिलेख समेत राखिने गाउँपालिकका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।

यसकालागी डिपिआर निर्माण कार्य यस आर्थिक बर्ष भित्रै सक्ने र अर्का बर्ष बाट निमार्ण सुरु गरिने तिगेलाले धनकुटा खबरलाई बताए । लगानीका हिसावले बढी लागत लाग्ने भएकोले केन्द्र सरकार र अन्य निकाय संग समेत सहयोगका लागि कुरा भई रहेको उनले बताए ।

यो पार्क निर्माणले यहाँको पर्यटकीय गतिविधी बढाउने साथै शैक्षिक पर्यटनका लागि यो महत्व पूर्ण रहने गाउँपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।