‘चीन र भारतमा ध्यान केन्द्रित गरौं’

काठमाडौँ । मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति दीर्घकालीन योजनाका साथ वर्तमान सरकार कार्यक्षेत्रमा जुटेको मन्त्रिपरिषद्का एकजना सदस्यले बताएका छन् ।

नेपाल भ्रमणवर्ष २०२० का सन्दर्भमा नेपाल उद्योग वाणिज्य सङ्घले आज राजधानीमा आयोजना गरेको छलफलमा उनले सन् २०२० भित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमणवर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउन चीन र भारततर्फ हामीले ध्यान केन्द्रित गर्नुपर्छ भन्दै एक दशकसम्म त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालको दिगो विकासको आधार पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रसँगको सहकार्यमा प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले परिणाम देखिने गरी काम गर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा दिइएको जानकारी अनुसार गत वर्ष नौ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस वर्ष १२ लाख पर्यटक आउने अनुमान गरिएको छ । पोहोर चीनबाट एक लाख चार हजार ६६४ जना र भारतबाट एक लाख ६० हजार ८३२ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

महासङ्घका पदाधिकारी तथा पर्यटन व्यवसायीले हवाईजहाज किनेर विमान चालकको खोजी गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा गम्भीर भएर लाग्नुपर्ने, नेपाललाई खरिदबिक्रीको गन्तव्यका रुपमा विकास गर्नैपर्ने, खरिदकर्ता पर्यटकलाई करछुटजस्ता आकर्षक सुविधा दिनुपर्ने सुझाव दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।