निर्मला पन्तको हत्याबारे अपराध विज्ञसँग छलफल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ ।

आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायब महान्यायाधिवक्ता नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीसँग छलफल गरेको हो ।

छलफलमा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणको सङ्कलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधि, प्रक्रियालगायत हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरुको सम्बन्धमा छलफल भएको थियो ।

घटनामा नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीहरुबाट गरिएका अनुसन्धान तथा अनुसन्धान सिलसिलेवार प्रक्रियाबाट काम अघि बढिरहेका बारेमा अपराध अनुसन्धान विज्ञले जानकारी गराउनुभयो ।

आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले पन्तको हत्यामा संलग्नको पत्ता लगाउने विषयमा भइरहेको अनुसन्धान प्रक्रियाबारे जिज्ञासा राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।