इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्छ : महानिरीक्षक खनाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कानून विपरीत कुनै पनि कार्य गर्नु हुँदैन् ।”

प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

“इमान्दारी र निष्ठापूर्वक बदमाससँग भिड्नुपर्छ”, उहाँले भन्नुभयो, “मानवअधिकार संरक्षण गर्नेमा चुक्न हुँदैन ।”

प्रहरी महानिरीक्षक खनालले प्रहरीले इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्ने बताउँदै नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चितवनका प्रहरी जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कम जनशक्तिमा पनि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै नवनिर्मित ब्यारेक र हिरासतले काम गर्न र बसाइमा सहजीकरण हुने बताउनुभयो ।

प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले रु तीन करोड ९७ लाख ७५१ को लागतमा ब्यारेक र हिरासत निर्माण गरिएको जानकारी दिनुभयो । ब्यारेकमा १५ कोठा रहेका छन् । हिरासतमा ६ वटा कोठा छन् । २०७२ साल फागुन २८ गते सम्झौता गरी निर्माण थालिएको ब्यारेक भवन ११ हजार ३२१ वर्ग फिटमा रहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।