कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान’ दिइने

काठमाडौँ । पेप्सीकोला टाउन प्लानिङस्थित करियर बिल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने भएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक मानन्धरलाई रु ११ हजार १११ र ताम्रपत्रसहितको उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको हो । पचपन्न वर्षदेखि निरन्तर दौडिँदै आउनुभएका मानन्धरको दौडप्रतिको लगावको उच्च सम्मान गर्दै सो सम्मान प्रदान गर्ने निर्णय गरिएको बताइएको छ ।

विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई ‘करियर स्रष्टा सम्मान’ दिएको थियो भने नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो । यसै महीनाको अन्त्यतिर सो सम्मान दिइने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।