नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ (तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको छ ।

आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा नेपाली सेनासम्बन्धी समसामयिक विषयमा सम्बन्धित विभागका रथीहरुले प्रस्तुतीकरण गर्नुभएको थियोे । उक्त अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत उपस्थिति थियो ।

उक्त अवसरमा नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण र पेशागत व्यावसायीकरण गर्न अवलम्बन गर्नुपर्ने विषयमा छलफलसमेत भएको थियो । कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ र रक्षामन्त्री पोखरेलले आ–आफ्नो मन्तव्य राख्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।