उपसभामुख तुम्बाहाम्फे बेलायत प्रस्थान

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फे आज बेलायत प्रस्थान गर्नुभएको छ ।

महिलालाई मताधिकार प्रदान गरिएको १०० वर्ष पुगेको सन्दर्भमा यही कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उक्त सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम छ । उहाँले बेलायतमा नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुने छ । यही कात्तिक २४ गते ‘भिजिट नेपाल– २०२०’ को प्रवद्र्धनका लागि उच्चस्तरीय समिति घोषणा गर्न बेलायतस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख तुम्बाहाम्फे सहभागी हुने कार्यक्रम छ ।

‘ब्रिटेन– नेपाल चेम्बर अफ कमर्स’सँगको सहकार्यमा कात्तिक २७ गते नेपाली दूतावासमा आयोजना हुने ‘नेपाल डेभलपमेन्ट कन्फरेन्स’मा पनि तुम्बाहाम्फे सहभागी हुनुहुने उहाँका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।