वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर डिसी जेल चलान

काठमाडौँ । वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएक एक व्यक्ति आज जेल चलान भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक निरजबहादुर शाहीका अनुसार कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ परेका दाङका दिनेशचन्द्र डिसीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा आजै डिल्लीबजार कारागार चलान भएका हुन् ।

दाङको त्रिभुवन नगरपालिका–१० का डिसीलाई सर्वोच्च अदालतको २०७३ भदौ ८ गतेको फैसलाअनुसार एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएको थियो । फरार हुँदै आएका डिसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ गरेको थियो ।

तिहार बिदा सकिएलगत्तै फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा डिसी आजै डिल्लीबजार कारागार चलान भएका निर्देशक शाहीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्रबिना नै विसं २०६६ मा ब्युटिसियन काममा आकर्षक पारिश्रमिकको लोभमा इटली पठाइदिने भनी दाङकी शारदा घिमिरेबाट रकम लिएको आरोपमा डिसीविरुद्ध मुद्दा दर्ता भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।