निजी क्षेत्रको पहिलो चलचित्र माइतीघर खिच्ने चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ । निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो ।

हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो ।

उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गर्नुभएको छ । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मनुभएका धिमाल निधनअघिसम्म पनि नेपाली चलचित्र क्षेत्रको उन्ननयनमा चिन्तन गरिरहनुभएको थियो ।

कात्तिक १६ गते शुक्रबार उहाँले राजधानीको उत्तरपूर्वी भेगका रमणीय स्थललाई समेटेर चलचित्र छायाङ्कान स्थल बनाउने विषयमा छलफल कार्यक्रम आयोजना गर्नुभएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

गोकर्णेश्वर महादेव मन्दिर, राष्ट्रिय शहीद स्मारक, तारेभीर, श्वेतवाराही, सुन्दरीजल, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी धाम, लोकतान्त्रिक शहीद उद्यान गागलफेदी, चिसापानी, गोल्सेभञ्ज्याङ, चौकीभञ्ज्याङ, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायाङ्कन स्थल बनाउने निर्माता धिमालको सपना थियो ।

धिमालको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँको पार्थिव शरीरमा प्रदेशसभा सदस्य फुयाँलले राष्ट्रिय झण्डा ओढाइ सम्मान प्रकट गर्नुभएको थियो । चलचित्र विकास बोर्ड, चलचित्र छायाँकार सङ्घलगायत संस्थाले पनि आ–आफ्ना झण्डा ओढाइ उहाँप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

स्व धिमालका दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको अन्तिम इच्छा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलि हुने भएकाले त्यो पूरा गर्न लागिपर्ने प्रदेशसभा सदस्य फुयाँलले प्रतिबद्धता जनाउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।