एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न

नुवाकोट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताउनुभएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका लागि विदुरमा निर्मित तीन वटा भवनको आज छुटाछुट्टै उद्घाटन गर्दै उहाँले भन्नुभयो, “केही घटनाले नेपाल प्रहरीको क्षमतामा प्रश्न चिह्न उठेको छ तर प्रहरी सङ्गठनले मनोबल नगिराई काममा अघि बढिरहेको छ, महिलामाथि हुने हिंसा र अपराधका घटनामा प्रहरी अनुसन्धान ९७ दशमलव ५ प्रतिशत सफल छ, एकाध घटनाको आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सुविधासम्पन्न भवनबाट प्रहरीले सेवा प्रवाह गर्दा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं ३ प्रहरी कार्यालयले निर्माण गरेको ती भवनमध्ये जिल्ला प्रहरी कार्यालयको हातामा कूल रु एक करोड ७१ लाख १५ हजार ८३२ को लागतमा दुईतले १२ कोठे प्रहरी अधिकृत आवास तथा जुनियर प्रहरी व्यारेक भवन रहेका छन् ।

त्यस्तै कूल रु एक करोड ३३ लाख आठ हजार ६३७ को लगानीमा अस्थायी प्रहरी पोस्ट र रु एक करोड २८ लाख ५१ हजार ४४५ को लगानीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको नुवाकोटका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।