‘प्रदेशको र राजधानी नाम हिउँदे अधिवेशनले टुङ्ग्याउँछ’

खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनमार्फत टुङ्ग्याइने बताउनुभएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री घिमिरेले आज पुष्पलाल स्मृति भवन दिक्तेलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले केही समयपछि शुरु हुने हिउँदे अधिवेशनको शुरुमै प्रदेशको नाम र राजधानी टुङ्ग्याइने कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।

“प्रदेशको नाम सगरमाथा, कोशी, किरात, लिम्बुवान्जस्ता चर्चामा आएका छन् ।” उहाँले भन्नुभयो, “राजधानीका विषयमा पनि विराटनगर, धरान, इटहरी र गोठगाउँको नाम आइरहेको छ । हिउँदे अधिवेशनमा सके सर्वसहमतिमा नसके विधि र प्रकृयाबाट नाम र राजधानी टुङ्ग्याउने छौँ ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद दुर्गाजयन्ती राईले सरकारले जनताको अपेक्षानुसार लोक कल्याणकारी काम गर्न नसकेको भन्दै पार्टीको ध्यानाकर्षण गराउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।