मोटरसाइकलको ठक्करबाट रेडियो इन्द्रेणीमा कार्यरत निरौला घाइते
धनकुटा खबर । मोरङको उर्लाबारी स्थित रेडियो इन्द्रेणीको कार्यालयमा कार्यरत पदम बहादुर निरौला मोटरसाइकलको ठक्करबाट घाइते हुनुभएको छ ।
आज अपरान्ह करिब ४ बजे उर्लाबारी मधुमल्ला सडकखण्ड स्थित डिविमार्गमा बाटो काट्ने क्रममा मधुमल्लाबाट उर्लाबारी आउँदै गरेको मे ९ प ८९०७ नम्बरको मोटरसाइलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाकारी दिएको छ ।
ठक्करबाट घाइते हुनुभएका उहाँलाई उर्लाबारी स्कुलडाँडा स्थित अरनिको अस्पतालमा उपचार पछि थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको छ ।
इलामको आमचोक ठीङ्गेपुर स्थायी घर भएका करिब ६० बर्षिय निरौला विगत ६ बर्षदेखि रेडियो इन्द्रेणीमा कार्यालय सहयोगिको रुपमा कार्यरत हुनुन्छ ।


