धनकुटामा समुह र फर्मलाई मिनि टिलर वितरण
धनकुटा खबर । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्यन इकाई धनकुटाले ३१ वटा कृषक समुह लाई ५० प्रतिशत अनुदानमा मिनि टिलर/ कल्टीभेटर वितरण गरेको छ ।
कार्यलयले सुचना आवहान गरि निवेदनमा परेका ३४ समुह, सहकारी, र्फम मध्ये ३१ वटा छनोट गरी ६४ हजार मूल्य पर्ने ७ एच.पि १२५ हर्ष पावर साइजका मिनि टिलर वितरण गरेको हो । यसरी अनुदान पाउनेमा छथरजोरपाटी गाउँपालिका २१ र महालक्ष्मी नगरपालिकाका १० वटा कृषक सहकारी, फर्म र संस्था रहेका छन् ।

तरकारी उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको यस क्षेत्रमा वितरण गरिएका यस्ता औजारले कृषक लाई आधुनिक खेति तर्फ आकर्षत गर्दै वितरण कार्यक्रमा सहभागि हरुले बताए । वितरण कार्यक्रमा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कि, छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बु, कार्यलयका निमित वरिष्ठ कृषि अधिकृत देबेन्द्र साहु स्थानिय जनप्रतिनीधी लगायत अन्य सरोकार वालाहरुको सहभागिता रहेको थियो । त्यस्तै मिनिटिलर संचालन तथा मर्मत सम्वन्धी तालिम पनि आजै सम्पन्न भएको छ ।



