तमोर नदि किनार कै फाँटमा छैन सिंचाई !

धनकुटा खबर । सिंचाइ सुविधा उपलब्ध नहुँदा तमोर नदी किनारका अनगिन्ती ठूल्ठूला फाँट र टारहरुमा खेती हुन नसकि बाँझै छन् । करेसाबाट बग्ने नदिको पानी सिँचाइका लागि प्रयोग गर्ने अबस्था नहुँदा प्रसस्त जमिन भएर पनि स्थानीय किसान अन्न बेसाएर छाक टार्नुपर्ने बाध्यतामा छन् ।

तमोर नदी किनारको गोपालपुर फाँटमा ३२ रोपनी जमिन भएपनि सहिदभूमि गाउँपालिका १ का चक्रबहादुर राईलाई अक्षतासमेत किन्नु पर्ने बाध्यता छ । उनि भन्छन्- बारी छोएर नदि बग्छ तर जग्गा बाझै गाग्रोमा पानी ल्याएर साधे हुदैन अन्य उपाए आफुहरु संग छैन् । राईजस्तै यो फाँटका २८ परिवार किसान आफ्नै उत्पादनले वर्षदिन धान्न नसक्ने अबस्थामा छन् ।

सिंचाइ अभावका कारण यो ठाउँमा धान, तरकारी र अन्य नगदेबाली उत्पादन हुंदैन् । दाल, मकै, कोदो र जुनेलो उत्पादनका लागि पनि आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ । सुनसरी, उदयपुर र धनकुटाको सीमा त्रिवेणीदेखि पाँचथरसम्मको तमोरकरिडोरमा एकदेखि पाँचसय हेक्टरसम्मका यस्ता पचासौं सुख्खाग्रस्त फाँट छन् ।

केहि बाहेक अधिकाशं फाँटमा सिचाइ सुविधा छैन् । फलफूल, तरकारी र नगदेबालीको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन लिफ्ट प्रविधि मार्फत सुख्खा ग्रस्त केहि ठूला र उत्पादनशील फाँटमा सिँचाइ सुविधा पु¥याउने काम भई रहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन धनकुटाका इन्जिनियर सुबोध गुरागाईले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।