डुंगा सञ्चालनमा आएसँगै पाख्रीबासमा ह्वात्तै बढ्यो पर्यटक सङ्ख्या, पहिले भन्दा अहिले दोब्बर (भिडियो सहित)
धनकुटा खबर । धनकुटा स्थित पाख्रीवासका स्थानिय वासिन्दा र सिमसार क्षेत्र संरक्षण समितिले पाख्रीवासको पर्यटकीय स्थल श्री संसारीमाईपूजा सिमसार क्षेत्रको तालमा डुंगा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै वढेको छ । गत वर्षको तुलनामा यस वर्ष यो सिजनमा दोव्वर वढी पर्यटकहरु आउन थालेको समितिले जनाएको छ ।
विगतका वर्षहरुमा ४-५ समूह मात्र वनभोजका लागि सिमसार क्षेत्रमा पर्यटकहरु आउने गरेकोमा यो वर्ष १० समूह सम्म वनभोज कै लागि र अन्य घुम्नका लागि समेत आउने गरेको समितिका सदस्य श्याम प्रकाश राईले जानकारीदिनुभयो । धनकुटाको अन्य पर्यटकीय स्थलमा जस्तै त्यहाँ पनि शनिवार वढी पर्यटकहरु आउने गरेकाछन् ।

१५ रोपनी क्षेत्रफल रहेको सिमसार क्षेत्रमा आउने पर्यटकहरुले वनभोज खादै डुङ्गा यात्रा गर्न पाउछन भने हरियाली चिया वगानको दृष्य अवलोकन र २७ फुट अग्लो वुद्धको मूर्तिको समेत दर्शन गर्न पाउछन् । वुद्धको मूर्ति संषद विकास कोषवाट प्राप्त १० लाख र बाँकी समितिकै गरी जम्मा १९ लाखमा यस अघि नै निर्माण गरिएको हो ।
अव त्यहाँ शिवको मूर्ति समेत निर्माण गर्ने तयारी भएको समितिले जनाएको छ । पर्यटकीय स्थल सिमसार क्षेत्रमा धरान,ईटहरी,झापा,मोरङ सहित पूर्वका विभिन्न स्थानका पर्यटकहरु आउने गरेकाछन् ।
https://youtu.be/45e5AYoP3Y0


