न्यूनतम पारिश्रमिक दिलाउने प्रयास जारी छ : अध्यक्ष पराजुली

धनकुटा खबर । पत्रकारले पाउनु पर्ने न्यूनतम पारिश्रमिक दिलाउनका लागि आफुहरुको प्रयास जारी राखेको न्यूनतम पारिश्रमिक निर्धारिण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताएका छन् ।

धनकुटामा आज श्रमजीवि पत्रकार ऐन र पारिश्रमिक पुनरावलोकान कार्यान्यनको अवस्था,चुनौती र सम्भावना विषयक अन्र्तकृया कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । उनले भने मिडिया हाउसले सरकार बाट सुविधा लिए पछि सरकारले गरेका निर्णय कार्यन्यन गर्नु पर्छ ।

सरकारले लोककल्याण विज्ञापन बढाएर भए पनि मोफसलका संचार माध्यमलाई संचालन गर्न सक्ने वताबरण बनाउदै मिडिया संचालकले समेत पत्रकारको क्षमता विकासमा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष संजय सन्तोषी राई, पूर्व अध्यक्ष एवम् नेपाल प्रेस यूनियनका उपाध्यक्ष विजय सन्तोषी राई, लगायतले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारिण गर्न संम्वन्धीत पक्षले ध्यान दिनु पर्ने बताए ।

पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्क्ष नगेन्द्र राईले राख्नु भएको थियो भने संचालन महासंघका सचिव विदुर खवासले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖