बाम-गठबन्धनलाई हराऊँदै शिवशक्तीमा कांग्रेसको प्यानल नै विजयी !

लेटाङ । शिबशक्ति सामुदायिक वन उपभोक्ता समुह लेटाङ ८ मोरङको आठौ अधिवेशन वाट लोकतान्त्रिक समुहको प्यानल नै विजय भएको छ ।

आज सोही सामुदायिक वनको प्राङगणमा भएको मतदानमा खसेको जम्मा मत मध्ये अध्यक्ष पदका उमेद्धवार धनवहादुर लिम्बुले १६९ मत ल्याई विजय हुनुभएको हो । अन्य पदाधिकारीहरुमा क्रमश उपाध्यक्षमा रुपनारायण लिम्बु १६४ , सचिव गीता लामिछाने १६५ , सहसचिव डम्बरकुमारी खड्का १६९ र कोषाध्यक्ष खिवलाल अधिकारीले १६७ मत ल्याई विजय हुनुभएको हो ।

अघिल्लो हप्ता सो वनले १९ औ वार्षिक साधारण सभा गरेर ८ औ अधिवेशनको घोषणा गरेको थियो । वन्दसत्र प्रारम्भ गरेपछि अध्यक्षले आफ्नो कार्यकाल सकिएको घोषणा गर्नुभएको थियो । सोही सभाले वनाएको निर्वाचन मन्डलीले आफ्नो कार्यभार सम्हाल्दै सहमति सहितको नयाँ नेतृत्व माग गरेपनि २ प्यानलको नामावली निर्वाचन समितिमा दर्ता भएपछि सहमति खोज्ने प्रयास समेत गरिएको थियो ।

दुवै पक्ष सहमतिमा आउन नसकेपछि समितिले निर्वाचन घोषणा गरेको थियो भने लोकतान्त्रिक र वाम पक्ष विच निर्वाचन भएको थियो । निर्वाचनमा वहुमत सहित लोकतान्त्रिक प्यानल विजय भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖