कक्षा ७ र ९ पढ्ने विद्यार्थी सहित २ जना पूर्वविद्यार्थीले यसरी गरे स्कुलमा तोडफोड, ५० लाख भन्दा बढीको क्षती ! (भिडियो सहित)
चितवन । चितवनको भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यायलयमा २ विद्यार्थीले तोडफोड गरी लाखौंको क्षती पुरयाएका छन् । सोही विद्यालयको कक्षा सातमा पढ्ने रमित विक र कक्षा ९ मा पढ्ने नविन विकसहित २ जना पूर्व विद्यार्थीले मंसिर २२ गते शनिबार बिद्यालयमा तोडफोड गरेका थिए ।
उनीहरुले विद्यालयको कम्युटर ल्याब, विज्ञान संकायका केमेष्टिर तथा फिजिक्स ल्याबमा ठूलो क्षती पुरयाएका छन् । विद्यालयका प्रध्यानाध्यापक हुतराज उपाध्यका अनुसार कम्युटर ल्याबका २३ कम्युटर, दराज टेबलदेखि भर्खरै सुरु भएको बालि विज्ञान विषयका लागि लाखाँै खर्चिएर बनाएका ल्याबका सबै सामान फुटेका छन् । जसबाट करिब ७० लाखको क्षती पुगेको छ ।

अहिले कम्युटर ल्याब, विज्ञान ल्याब तोडफोड भएपछि अन्य विद्यार्थीको पढाई प्रभावित भएको छ । तोडफोड गर्ने विद्यार्थीसहित ४ जना अहिले भरतपुर प्रहरी हिरासतमा रहेका छन् । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी सार्वजनिक सम्पत्ती क्षती पु¥याएको मुद्धामा अनुशन्धान भइरहेको भरतपुर प्रहरी प्रमख एसपी सुशिला सिंह राथोडले बताए ।


