प्रदेश १ का १४ जिल्लामा मा ७ सय ४१ चालक कारवाहीमा

धरान । प्रदेश नम्बर १ का १४ जिल्लामा भएको सवारी जाँचमा ७४१ वटा सवारी कारवाहीमा परेका छन् ।

ट्राफिक नियम विपरीत सवारी चलाएका कारण दैनिक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको प्रदेश १ कार्यालय इटहरीले २४ घण्टे विशेष सवारी चेकिङअन्तर्गत कारवाही गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

प्रसाईंका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ जना, मोटरसाइकलमा तीनजना चढ्ने १४ जना, बिना हेल्मेट मोटरसाइकल चलाउने १० जना, क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ११५, सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने ४२ चालक कारवाहीमा परेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, सवारी चालक अनुमतिपत्र नभएकालाई सवारी चलाउन दिने २३ जना, जथाभावी पार्किङ गर्ने २४ जना, रोक्न निधेषमा सवारी रोक्ने ५५ जना, पार्किङ निधेषमा पार्किङ गर्ने २६ जना, सुरक्षापेटी नबाँध्ने १९ जना चालक पनि कारवाहीमा परेका छन् । सबैभन्दा बढी ट्राफिक नियम उलङ्घन गर्ने चालक सुनसरी, मोरङ, झापा, उदयपुरमा रहेको उहाँले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।