त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचनको तयारी शुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ ।

आगामी फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो । उहाँका अनुसार स्ववियु निर्वाचनको पूर्वतयारीका लागि देशभरका आङ्गिक र सामुदायिक क्याम्पसलाई परिपत्र पठाउँदै निर्देशन दिइसकिएको छ । परिपत्रमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचितको दुईवर्षे कार्यकाल समाप्त हुने भएकाले पूर्वतयारी गर्न÷गराउन भनिएको छ ।

‘निर्वाचनमा सबै विद्यार्थी सङ्गठनलाई समेटी देशभरका सबै क्याम्पसमा स्ववियु निर्वाचन गर्नेछाँै,’’ उहाँले भन्नुभयो, ‘‘निर्वाचनको मिति तोकिसकेपछि र निर्वाचनको कार्यतालिका निकाल्नुभन्दा अघि विद्यार्थी सङ्गठनसँग छलफल गर्नेछौँ ।’’ उहाँले त्रिवि कार्यकारी परिषद्को बैठकले चाँडै नै स्ववियु निर्वाचनको मिति तोक्ने जानकारी गराउनुभयो ।

गत निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको थियो । उहाँले अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यस वर्ष विद्यार्थी सङ्घ–सङ्गठनको सहमतिमा निर्वाचन गरिने बताउनुभयो । गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो ।

त्रिविका ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।

अनेरास्ववियुका (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले स्ववियु निर्वाचन गर्ने त्रिविको तयारीलाई स्वागतयोग्य बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले निर्वाचनको प्रणालीबारे कुनै विवाद नभएकाले आफ्नो सङ्गठनले निर्वाचनमा सहभागिता जनाउने बताउनुभयो । अनेरास्ववियुका महासचिव ऐन महरले स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनमा कुनै विवाद नरहेकाले त्रिविलाई निर्धारित मितिमा नै निर्वाचन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।