श्रीमतीको सपना पुरा गर्न सकिन : कृष्ण ओली (भिडियो सहित)

रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै रोजिन्, बाबाले घर छोडे ।

धेरै सपना साँचेका कृष्णले सानैमा ठूलै भारी बोके जिम्मेवारीका । ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे । वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए । आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए ।

जीवनसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन । आफूले कष्ट गरेर, हड्डी घोटेर पनि रुपालाई स्टाफ नर्स पढाउने धोको थियो कृष्णको । केही वर्ष सानोभेरी गाउँपालिका-९, रुकुम पश्चिमको सिम्ली बजारमा दुवै जना मिलेर होटेल पनि चलाए ।

रुपाको स्टाफ नर्समा नाम निस्केको थियो, वैशाख पहिलो साताबाट आफूले तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पनि सुरु गरे । यति लोभलाग्दो दैनिकी र आशालाग्दो भविष्य सबैसामु देखाएका थिए उनीहरुले । कसरि करेन्ट लाग्यो कृष्णलाइ ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।