धनकुटाबाट ३७ केजी गाँजा सहित २ जना पक्राउ
धनकुटा खबर, ७ माघ । ३७ किलो गाँजा सहित धनकुटा नगरपालिका ९ मुलघाटबाट २ जना लाई प्रहरीले पक्राउ गरको छ ।
प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले सोमवार ३७ किलो गाँजा सहित धनकुटाको शहिदभुमी गाउँपालिका–४ छिन्ताङ बस्ने बर्ष २० को भुपाल राई र बर्ष कै २० जजल राईलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूले गाँजा ओसारपसारमा प्रयोग गरेको बा २६ प ६५४० र को ११ प ३८२५ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
गाँजा सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।


