केन्द्र सरकारसँग लोकतान्त्रीक चिन्तन छैन् : डा बाबुराम भट्टराई

धनकुटा खबर । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पाटीका संयोजक डा बाबुराम भट्टराईले संघियताको बुझाईमा केन्द्र सरकार संग स्पस्ट र भिजन लोकतान्त्रीक चिन्तन नभएको बताएका छन् ।

मेची महाकाली यात्राका क्रममा आज धनकुटा आई पुगेका डा बाबुराम भट्टराईले पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । सबै जनता लाई सवल बनाउने लक्ष्य केन्द्रमा नरहेकोले स्थानियतह लाई अधिकार दिन नचाहेकोले अन्यौलता भएको बताए ।

क्रान्ति निरन्तर चल्ने प्रकृया रहेका भन्दै क्रान्ति कहिले सकिन्छ भन्न नसकिने उनको भनाई थियो । चिकित्सा शिक्षा विधेक पास गर्ने विषयमा संसदमा जे भयो त्यो गलत भएको भन्दै स्वाथ्यशिक्षा सुधारको माग गर्दै अन्सनमा बसेका डा. केसी र सरकार एक विन्दूमा आएर मिल्नु पर्ने बताए ।

भेनेजुयलाको बिषयमा नेकपाका अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तीमा उनले आफ्नो प्रवृती मात्र देखाएको र परराष्ट्रको विषयमा वोल्दा कार्यकर्ता उक्साउन बोले जस्तो प्रवृती देखाउन नहुने उनको भनाई थियो ।

पत्रकार संमेलनमा पूर्व मन्त्री एवम् नयाँ शतिm पाटीकि नेत्रृ हिसिला यमी पूर्व मन्त्री पर्शराम खापुङ्ग, नेता गंगा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।