प्रदेश-१ स्तरिय महिला फुटबल : तेह्रथुम, ताप्लेजुङ्ग र ईलाम विजयी
धनकुटा खबर । धनकुटामा हिजो बाट सूरु भएको आठौ राष्ट्रिय खेलकुदप्रतियोगिता अन्र्तगत १ न. प्रदेश स्तरिय महिला फुटबल प्रतियोगितामा आज भएको खेलमा तेह्रथुम, ताप्लेजुङ्ग र ईलाम विजयी भएका छन् ।
आज विहान भएको तेह्रथुम र खोटाङ्ग बिचको पहिलो खेलमा निर्धारित समय सम्म १—१ को बरावरी राकीएपछि पेनाल्टी सुट आउटपनि बराबरीमा रोकीएपछि सटेनडेथमा तेह्रथुमले खोटाङ्ग ३—२ गोलले पराजीत गरेको थियो । उक्त खेलमा तेह्रथुमकी गोलकिपर सफलता लिम्बु ओमनअफद म्याच घोषीत भईन् ।

त्यस्तै दोस्रो खेलमा ताप्लेजुङ्गले पाँचथर लाई १—० गोलले पराजीत गरेको छ । ताप्लेजुङ्गको जीतमा मिना कटुवालले गरेको गोल नै निर्णयक भयो भने खेलको ओमनअफद म्याचमिना कटुवालल घोषीत भईन् ।
त्यस्तै आजभएको अन्तिम खेलमा ईलामले सोलुखुम्बु लाई ५—० गोलले पराजीत गरेको छ । ईलाम र सोलुखुम्बु विच भएको उक्त प्रतियोगीताको ओमनअफद म्याच इलामकी सुप्रिया राई भइन ।भोली झापा र सुनसरी ,मेरङ्ग र संखुवासभा र उदयपुर र ओखलढुङ्गाविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


