धनकुटा आएका विश्वदिपले गराए ७० जनालाई कांग्रेसमा प्रवेश

धनकुटा खबर, ६ असोज । नेपाली कांग्रेसको दोस्रो जागरण अभियान कार्यक्रम अन्र्तगत आज साँगुरीगढी गाउँपालिकामा भएको कार्यक्रममा नेकपा र समाजवादी पाटी परित्याग गरी ७० जना जिल्ला र गाउँ स्तरका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

धनकुटाको प्रदेश क का क्षेत्रिय सभापती जितेन्द्र राईको अध्यक्षतामा भएको भेलामा संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी विश्वदिप लिङ्गदेनले पाटीमा स्वागत गर्दै साधरण सदस्यता समेत दिएका छन् ।

प्रवेश कार्यक्रमा बोल्दै नेता लिङ्गदेनले नेपाली कांग्रेस अब सशतm एकताबद्ध छ भन्ने कुरा जनताले विश्वास गरेकोले कांग्रेसमा अन्य पाटी छोडेर आउनेको लहर रहेको बताए । उनले भने सरकार बाहिर पाटी छ तर जनता र अन्य पाटीका कार्यकर्ता समेत कांग्रेसमा आउने लहर छ त्यसैले यसको सन्देश राम्रो गई रहेको छ ।

पाटी प्रवेश कार्यक्रमा नेपाली कांग्रेसका सभापती अग्नी पौडेल, सचिब विजयसन्तोषी राई , तरुणदलका केन्द्रिय सदस्य एवम् महाधिवेशन प्रतिनिधी कमोट फागो, प्रेस यूनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्ग लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖