धनकुटामा सम्पन्न भयो कांग्रेसको दोस्रो जागरण अभियान
धनकुटा खबर, ७ असोज । भदौ २४ गते बाट सुरु भएको नेपाली कांग्रेसको दोस्रो जागरण अभियान आज सम्पन्न भएको छ । धनकुटा जिल्लाका दुबै क्षेत्रमा कार्यक्रम सम्मपन्न गरेको कांग्रेसले आज धनकुटा सदरमुकाममा संयूक्त कार्यक्रम गर्दै दोस्रो जागरण अभियान समाप्त गरेको हो ।
नेपाली कांग्रेसको पाटी कार्यलय बाट र्याली गरि भिमनारायण चोकमा विरोध सभा गर्दे कार्यत्रम समापन गरेको हो । भिमनारायण चोकमा विरोध सभा लाइृ सम्वोधन गर्दे केन्द्रि प्रतिनिधी एवम् संविधान सभाका सदस्य विश्वदिप लिङ्गदेनले सरकारले गरेका जनविरोधी कार्य जनता लाई बुझाउनका लागि धनकुटामा भएको दोस्रो जागरण अभियान पुर्ण रुपले सफल भएको बताए ।

साथै जनताकाको साथमा कांग्रेस छ भन्ने अनुभूति समेत अभियानले दिएको उनको दावि थियो । साथै जनतामा अब नेपाली कांग्रेस सशतm एकताबद्ध छ भन्ने कुरा जनताले विश्वास गरेको बताउँदै सरकारले गरेका नराम्रो काम जनताले सबे बुझि सकेको बताए । कार्यक्रम लाई नेपाली कांग्रेसका जिल्ला कोषध्यक्ष दिनेश राई, पाटी सभापती अग्नी पौडेल लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।


