एनआरएन गल्फ उपसंयोजकमा अर्यालको १५ बुंदे घोषणापत्र सहित उम्मेद्वारी

साउदी । गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलन अक्टोबर १५ देखि १७ सम्म काठमाडौंस्थित हयात होटेलमा हुने भएको छ । उक्त सम्मेलनबाट (२०१९ –२०२१) का लागि नयाँ समिति चयन गर्नेछन् । संघका विभिन्न पदमा उम्मेद्वारी दिने क्रम जारी भएको छ ।

यसैक्रममा संघका मध्यपूर्व उपसंयोजक पदमा राजेन्द्र अर्यालले साउदीको दमामस्थित अल खयाम रेस्टुरेन्टमा एक कार्यक्रम गरि १५ बुदा घोषणापत्र सहित उम्मेद्वारी दिएका छन् ।

सामाजिक कार्य गर्दा अलग्गै महत्व र बढी प्रभावकारी हुने भएकाले जात, धर्म, क्षेत्र, सम्प्रदायमा निहित नभई समग्र वैदेशिक रोजगारीमा काम गर्दै आइरहेका गैर नाफामुखी, कामदार मैत्रीका रुपमा चिनिने संस्थामा आबद्ध भइ काम गरिरहेका छु, उम्मेद्वारी अर्यालले भने । आवश्यकता अनुसारको पदीय जिम्मेवारी सम्हाल्दै श्रमिकहरुका समस्या र अवस्था नजिकबाट नियालेर अध्ययन गर्न र परिस्थिति अनुसार नेपाली दूतावाससँगको समन्वयात्मक भूमिका निर्वाह गरी श्रमिक हकहितका लागि अहोरात्र खट्ने समेत गरे अर्यालले बताए ।

विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यहरुमा संलग्नता रहदै आएका अर्याल सन् २०१३ देखि गैर आवासीय संघमा आबद्ध छन् । सन् २०१३ देखिको अनुभवलाई निखार्ने र एनआरएनमा आबद्ध अग्रज र सहकर्मीहरू सबैको साथ लिएर मध्यपूर्वका श्रमिकहरुको हकहितका लागि काम गर्ने हेतुले उम्मेद्वारी दिएको अर्यालले स्पष्ट पारे । उनले एनआरएनमा आबद्ध अग्रज तथा सहकर्मीहरुलाई निर्वाचित गराउन समेत आग्रह गरे ।

पाल्पा रम्भा गाउँपालिका-१, असेर्दीका अर्याल सन् १९९९ नोभेम्बरमा साउदी प्रवेश गरेका थिए । उनले सन् २००४ बाट अल बदर ट्रेडिङ इष्ट कम्पनी दर्ता गरी व्यवसाय सुरु गरेका हुन् ।

घोषणा पत्र :

१) एनआरएनका उद्देश्यहरु प्राप्तिका लागि यो अभियानको एक सक्रिय सदस्यका रुपमा आफूलाई उभ्याउने छु ।

२) एनआरएनका साझा उद्देश्यहरु लक्षित समुहमा पुर्याउन सक्रिय रहनुका साथै मध्यपुर्वका नेपालीको हितमा उच्चतम कार्य गर्न गराउन पहल गर्नेछु ।

३) मध्यपुर्व उप संयोजकको पदिय जिम्मेबारी इमान्दारी पुर्बक निर्बाहमा संस्था र प्रबासि कामदार प्रतिको मेरो दायित्व निष्पक्ष र सबैप्रति समभाब राख्नेछु ।

४) बिश्वका अरु देशका एनआरएन र केन्द्रसँगको सम्पर्क, सहकार्यमा आफ्नोतर्फबाट गर्नुपर्ने सम्पूर्ण काममा सक्रिय रहनुका साथै यहाँका समस्याहरुको निराकरणका लागी बिशेष भुमिका खेल्नुकासाथै केन्द्र मार्फत उक्त समस्याको निराकरणका लागी स्पष्ट कार्य नीति तर्जुमा गर्न पहल गर्नेछु ।

५) विद्यामान असंख्य संघ संस्थाहरू लाइ एनआरएन संग जॊड्न पहल गर्नेछु । मध्यपुर्वमा रहेका अन्य सामाजिक संस्थाहरुसँग समन्वय, सहकार्य गरी सुमधुर समबन्धको बिकास गर्दै हाल रहेका र भबिष्यमा आइपर्ने समस्याहरु सामुहिकपहलको आधारमा समाधान गर्ने परम्पराको विकासमा टेवा दिनेछु ।

७) बैदेशिक रोजगारीमा आएका हामी सबै मजदुर नै हौ । त्यसैले एनआरएनलाई मजदुरमुखि र तिनको हक,अधिकारको सुरक्षा गर्दै, मजदुर मैत्री एनआरएन बनाउनमा पहलगर्नेछु ।

८) बैदेशिक रॊजगार ऎन २०६४ परिच्छेदकॊ दफा ३४, ३५, ३६, ३७ मा स्पष्ट उल्लेख गरिएकॊ रॊजगारदाताले करार अनुसारकॊ सेवा शर्त पालना नगर्दा पाइने न्याय तथा क्षतिपुर्तिकॊ अधिकार परिच्छेद ९ कॊ धारा ५३ अनुसार नेपाल सरकारले तॊकिदीएकॊ सेवा शुल्क भन्दा बढि लिएमा हुने सजाय जस्ता प्रशस्त कानुन कामदारकॊ हकमा छंदाछदै पनि नेपाल सरकार,बेदेशिक रॊजगार बिभागले उपरॊक्त कानुनकॊ कडाइकासाथ पालना गर्न गराउन र पिडित कामदारलाइ न्याय र क्षतिपुर्ति दिलाउन सरॊकारवालाहरू गम्भिर ध्यानाकर्षण गराउने र अनुगमन गर्ने।

९) मर्यादित बैदेशिक रॊजगार र श्रमकॊ उचित ज्यालाकॊ ग्यारेन्टि गर्न कमदारका लागी सीपमूलक कार्यक्रम संचालन गर्न गराउन पहल गर्ने ।

१०) स्थानिय कानुनकॊ पालना र आफ्ना काम कर्तब्य र अधिकार (करारमा उल्लेखित सेवा सुबिधा नपाएमा कहाँ र कसरि उजुरी गर्ने) बारे सचेतना अभियान चलाउन पहल गर्ने ।

११) नेपाल भर्मण बर्ष २०२० तथा अथिति देबो भव अभियानलाई हामी सबैको गर्वको अभियानबनाउनको लागि हरेक मध्यपुर्वका एनआरएन एनसीसीसंग समन्वयगर्दै प्रचार, प्रसार एवं विविध प्रकृतिका कार्यक्रमको तर्जुमा गर्न नेपाल पर्यटन बोर्डसंग समबन्ध सेतु स्थापित गर्दै पहल गर्नेछु ।

१२) आफु कार्यरत मुलुकका नागरिकहरूलाइ नेपाल भ्रमणमा जान अभिप्रेरणा जगाउने कार्य गर्ने छु।

१३) नेपाल सरकारका संबन्धित निकाय, एनआरएन र बिदेश स्थित कुटनैतिक नियॊग संग समन्वय र सहकार्य गरि नेपाल र नेपालीका हकहितमा खट्नेछु ।

१४) एनआरएनकॊ अभियानलाई तल्लो तहसम्म पुर्याउन पहल गर्नेछु ।

१५) दुई दशकको प्रवास बसाइ र एनआरएनए अभियानबाट आर्जन गरेको ज्ञान र शिक्षालाई सही सदुपयोग गरी प्रवासी नेपाली श्रमिकको हितमा काम गर्नेछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।