दशैँको अन्तिमसम्ममा ९ हजार १६२ कर्मचारीको विज्ञापन आ’व्हान गरिँदै
काठमाडौं । लोकसेवाले दशैँको अन्तिमसम्ममा स्थानीय तहका लागि ९ हजार १६२ कर्मचारीको विज्ञापन आव्हान गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताउनुभएको छ ।
नेपालीको महानपर्व बिजया दशमीको शुभकामना समेत दिदै मन्त्रि पण्डितले दशैँ पछि रिक्त रहेका बाकि स्थानिय तहका लागि ९ हजार भन्दा बढी कर्मचारीको आह्वान गर्ने बताउनुभएको हो। शनिबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७ औं वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’मा मन्त्री पण्डितले यो कुरा बताउनु भएको हो ।



