दसैं आयो, चामल आएन

बाजुरा : हिमाली गाउँपालिका २ कोटिगाउँकी ललिता बोहोरा १० महिनाकी छोरी बोकेर अघिल्लो साता चामल लिन कवाडी डिपो बिक्री केन्द्रमा आइन् । दूधे छोरी काखमा बोकेर दुई दिनको पैदल हिँडेर कवाडी बिक्री केन्द्रमा पुगेकी उनी चामल नपाएपछि निराशा भइन्।’घरमा ठूलो मान्छे कोही छैन, श्रीमान वस्तुभाउ लिएर लेकतिर गएका छन्। बुढा सासू- ससुरा बालबच्चा गरी ९ जनाको परिवार छ,’ उनले भनिन्, ‘दसैं आयो त्यार (तिहार) मनाउँला भनेर गा‍उँको सहकारीबाट ब्याजमा ऋण काढेर चामल लिन आएकी हुँ, तर चामल नपाएपछि दु:ख लाग्यो।’

उनले स्थानीय बजारबाट प्रति किलो ८५ रुपैयाँमा चामल किनेर घर जानु परेको गुनासो पोखिन्।ललिता मात्र होइन। उनीसँगै गाउँबाट आएकी कोपीला बोहोरा पनि डेढ वर्षकफ छोरी बोकेर चामल लिन आइन् । उनको पीडा पनि ललिताकै जस्तै छ । घरका पुरुष जति कामका लागि भारत गएका छन् । गाउँमा भएका पनि वस्तुभाउ लिएर लेकतिर गएपछि महिला मात्र बालबालिका बोकेर चामल किन्न आएको हिमाली गाउँपालिका ३ का अध्यक्ष ध्यानबहादुर रोकायाले बताए ।हिमाली गाउँपालिकाको कवाडी बिक्री केन्द्रमा असारयता चामल अभाव भएको हो।।

गाउँमा खाद्य संकट हुन थालेको बुढ थापाले बताए । चार महिनादेखि केन्द्रमा चामल सकिदा पनि सरकारले बेवास्ता गरेको स्थानीय नानी बोहोराले बताइन् ।हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडा बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ। सबै घरमा खाद्य संकट भएको स्थानीय जनक रोकायाले बताए ।खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले कवाडी बिक्री केन्द्रमा असारदेखि चामल अभाव भएको बताए। कवाडीमा स्थायी डिपोका लागि जिल्ला तहबाट पाँच पटक निर्णय गरेर खाद्य व्यवस्थापन तथा व्यापार शाखामा पठाएको तर कुनै सुनुवाई नभएको ओझाले बताए ।

यो आर्थिक वर्षमा पनि कवाडी बिक्री केन्द्रका लागि ३५ सय क्वीन्टलको टेन्डर गरिसकेको र केही दिनमा चामल जाने उनले बताए । सुर्खेत खाद्य संस्थानबाट ९ सय, धनगढी संस्थानबाट ९ सय, मार्तडीबाट ९ र कोल्टी डिपोबाट ८ सय ढुवानी अनुदानका लागि टेन्डर गरी समझौता हुने तयारीमा रहेको बताए । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी अञ्‍चल कार्यालय धनगढीका प्रमुख अनिल कुमार श्रेष्टले दसैंलाई चाँडो भन्दा चाँडो चामल उपलब्ध गराउने प्रयास भएको बताए । उनले भने,’ ठेक्‍का भइसकेको छ । कोल्टी डिपोबाट चामल ढुवानी हुन्छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।