आ’रोप पछि ‘कल्पना पनि गर्न नसकिने’ भन्दै सभामुख महराको सचिवालयले जारी गर्यो यस्तो विज्ञप्ती
काठमाडौं । सभामुख कृष्ण बहादुर महरामाथि एकजना महिलालाई यौ न दुर् व्यवहार गरेको भन्दै अनलाईनले समाचार सार्वजनिक गरेर आफ्नो च रित्रह त्या गरिएको भन्दै आपत्ती व्यक्त गर्नुभएको छ ।
सभामुख महराको सचिवालयले एक विज्ञप्ति जारि गर्दै भ्रामक समाचारको खण्डन गरेको हो । सभामुखले कसैलाई दु व्र्यवहार गरिएको भन्ने कुरा कल्पना पनि गर्न नसकिने बताउँदै सचिवालयले सभामुख महरा २ बजे बालुवाटार निवासमा गएपछि बाहिर नगएको स्पष्ट गरेको छ ।
समाचारमा भने सभामुख महरा राती ती महिलाको कोठामा गएको र ब लात्कार गर्ने क्रममा उनको चश्माको शीसा र जुत्ताको तलुवा त्यहीं छुटेको जनाइएको थियो ।
सचिवालयले भने महराको चश्मा र जुत्ताको निराधार प्रचार गरिएको जनाएको छ । चश्मा र जुत्ता महरासँगै रहेको र समाचारमा उल्लेख गरिएका विषय भ्रा मक र च रित्र हत् या गर्ने षडयन्त्र भएको सचिवालयको दावी छ ।



