बेलायतमा समाजवादी र नयाँशक्तिको भातृ संगठनको समायोजन हुदै

बेलायत । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भात्रि संगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा संघिय समाजवादी फोरमको प्रवास अंग नेपाली संघिय समाज युके र नयाँ शक्ति पार्टीको भात्री संगठन अन्तरराष्ट्रिय नेपाली समाज युकेको समायोजन अक्टोबर छब्बीसमा हुने भएकोछ |

समाजवादी पार्टीका केन्द्रिय सदस्य भगवान राई, टेकबहादुर थापा पार्टीका सल्लाकार लक्ष्मन तुलाचन लगायतको उपस्थितिमा समायोजन समितिको हिजो बेलायतको अल्डरसतमा बसेको बैठकले समायोजनको टुंगो लगाएको छ |

आगामी अधिवेशन नभए सम्मका लागि नेपाली संघिय समाज युकेका अध्यक्ष बालकृष्ण राई र अन्तरराष्ट्रिय नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ दुवै जना अध्यक्ष रहनेगरी दुइ संगठन बीच समायोजन गर्ने सहमति भएको कुरा समायोजन समितिका संयोजक रत्न थापाले बताउनु भएको छ | समायोजन पछि समाजवादी पार्टीको भात्री संगठनको नाम नेपाली समाज यूनाईटेड किङ्गडम रहने सहमति पनि भएकोछ | यस अघि दश वटा राष्ट्रहरुमा समायोजनको काम सम्पन्न भैसकेको छ |

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।