चिनियाँ राष्ट्रपतिको भ्रमणमा नेपाललाई स’रप्राइज प्या’केज : रेल कि च’क्रपथ ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सरप्राइज प्याकेज सहयोगको प्रसंग उठिरहेको छ । भ्रमणको चार दिन अघि मात्र औपचारिक जानकारीमा आएको मिति जस्तै चीनले दिने सहयोगबारे अझै गोप्य राखिएको छ ।

चीनसँग के सम्झौता हुने अझै स्पष्ट पारिएको छैन । यसबीच रेलको चर्चा चलिरहेको छ । चीनको तिब्बतमा गुड्ने रेल लिंकलाई काठमाडौंसम्म विस्तार गर्ने महत्वाकांक्षी योजनाबारे चासो चलिरहेको छ । यसबीच भिन्न मत रहेपनि चीनले रेल लिंक विस्तारमा सहयोग गर्ने सम्भावना प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा। राजन भट्टराईले औल्याएका छन् ।

रेल सम्झौता भए अनुदान या ऋणमा के हुने हो अन्यौल नै छ । ऋणमा रेलमार्ग बनाउन नहुने कतिपयको भनाई रहँदै आएको छ ।

सरप्राइज प्याकजेमा काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण पनि हुनसक्छ । त्यसका लागि सरकारले तयारी बढिरहेको छ । बाहिरी चक्रपथ निर्माणमा चीनले चासो देखाइरहेको छ । उसले हालको चक्रपथ निर्माणमा पनि सहयोग गरेको थियो । चक्रपथ निर्माणमा चीनले अनुदान दिएको र नेपालले पनि केही प्रतिशत खर्च व्यहोरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖