चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको नयाँ भाग्य रेखा कोरिनेछ : ‘प्रचण्ड’

सुरेश कुँवर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमण सामान्य भ्रमण मात्र नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा दिवाकर भुसालको १६ औँ स्मृति दिवसको अवसरमा चितवनको माडीमा आयोजित प्रतिमूर्ति अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले सीको भ्रमणले नेपालको नयाँ भाग्य रेखा कोरिने बताउनुभयो ।

“दुई दिने भ्रमण भए पनि २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल आगमन हुँदैछ”, उहाँले भन्नुभयो- “यो भ्रमणले समग्र दक्षिण एशियाली राष्ट्रहरुको सम्बन्धलाई थप उचाई दिनेछ । त्यसैले यो भ्रमण सामान्य भ्रमणका रुपमा बुझ्नु हुँदैन् ।”

अध्यक्ष प्रचण्डले विश्वकै दोस्रो आर्थिक शक्तिशाली राष्ट्र चीनका राष्ट्रपतिको भ्रमणमा हुने सहमतिले नेपालको भावी विकासमा दुर्गामी महत्वको भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल अहिले समाजवादी युगको तयारी भइरहेको बेला चिनियाँ राष्ट्रपतिको भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

‘राष्ट्रपति सीले मित्र राष्ट्र भारतको दुई दिने भ्रमण गरी नेपाल आउने भएकाले यसको महत्व ठूलो छ’ प्रचण्डले भन्नुभयो । प्रचण्डले वर्तमान सरकार दुई ठूला आर्थिक शक्तिशाली राष्ट्र चीन र भारतसँग सुमधुर सम्बन्ध कायम गर्न सफल भएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पाटीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले संघीय गणतन्त्रलाई संस्थागत गरी समाजवाद उन्मुख व्यवस्थामा अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्नुभयो । त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले छिमेकीहरुसँगको सम्बन्धलाई नयाँ उचाईमा पुराउन नेकपा नेतृत्वको सरकार क्रियाशिल रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवका जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला इन्चार्ज कृष्ण खनाल, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल लगायतले भुषालको योगदानबारे चर्चा गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।