चिनियाँ सैनिकसहित ४ तहको सुरक्षा घेरामा रहनेछन् राष्ट्रपति सी !

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार बिहानैदेखि नेपाली सेना ब्यारेकबाट निस्किएर मुख्य मुख्य सडकमा गस्ती गरिरहेको छ । सी हिड्ने मुख्य सडकहरु विशेष निगरानीमा राखिएको जनाइएको छ ।

राष्ट्रपति सीको सुरक्षाका लागि ४ तहको सुरक्षा घेरा निर्धारण गरिएको छ । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका सादा पोशाकका सुरक्षाकर्मी रहनेछन् । साथै चीनबाटै आएका सेना र विशेष कमाण्डो समेत सी को साथमै रहने बताइएको छ ।

सुरक्षालाई नै मध्यनजर गरी सडकमा ट्राफिक प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाइएको छ । मुख्य सडकमा रुट नै बदलेर सवारीसधान डाइभर्टको व्यवस्था गरिएको छ । नेपाल प्रहरीले सवारीसाधनको जाँचमा समेत कडाइ गरेको छ । साथै सडकमा जथाभावी हर्न बजाउन समेत निषेध गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।