सरकारले श’क्तिशाली देशका प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्या’उने पहल थाल्यो, अब ट्रम्प र पुटिन नेपाल आउने !

काठमाडौं । सरकारले शक्तिशाली देशका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्याउने पहल थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि संयुक्त राज्य अमेरिका र रुसका राष्ट्रपतिलाई समेत नेपाल भ्रमणमा ल्याउने गरी सरकारले पहल थालेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्तो दिने तयारी भएको खुलासा गरेका छन् । ट्रम्प र पुटिनलाई नेपाल ल्याउन सरकारले कुटीतिक पहल थालिसकेको उनको खुलासा थियो । बुधबार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा उनले भने, ‘निकट भविष्यमा ट्रम्प र पुटिन पनि नेपाल आउनुहुन्छ, त्यसकालागि हामीले पहल थालिसकेका छौं ।’

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले देशलाई नयाँ उचाईमा पुर्याएको दाबी गरे । कुटनीतिक रुपमा सरकार सफल भएको भन्दै नेपालमा विश्वका शक्तिशाली देशका नेताहरु भ्रमणमा आउने बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएलगत्तै नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई वासिङटनमा निम्तो गरी भेटवार्ता गरिसकेका छन् । अमेरिकाको नेपालमा चासो बढिसकेको छ । तर, अमेरिकी उच्च अधिकारीको भ्रमणको सम्भावना न्यून छ ।

रुससँग नेपालको लामो कुटनीतिक सम्बन्ध रहेपनि उच्च तहमा भ्रमण नभएको दशकौं भइसकेको छ । यस अवस्थामा विश्वका शक्तिशाली नेतामध्येका रुसी राष्ट्रपति पुटिनको भ्रमणको सम्भावना पनि न्युन छ । यस अवस्थामा नेकपाका उपाध्यक्ष वामदेव गौतमको दाबीलाई अर्थपूर्ण भने मान्नुपर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।