सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्छ : देव गुरुङ
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताउनुभएको छ ।
उहाँले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधिन रहेकाले सभामुखको निर्वाचनबारे टिकाटिप्पणी गरिरहन नमिल्ने बताउनुभयो । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङको भनाइ छ । ‘संविधानले सभामुख र उपसभामुख दुई पद फरक फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ,’यस्तो अवस्थामा दुवै पद खालि नभई सभामुखको निर्वाचन गर्न मिल्दैन ।’ प्रमुख सचेतक गुरुङले भन्नुभयो ।
यौ न दु राचारको आ रोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिननुभएपछि रिक्त पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधिन मुद्दाले अ सहज बनाएको प्रमुख सचेतक गुरुङको भनाइ छ ।


