एयरपोर्ट अध्ययनका लागि पर्यटन मन्त्री योगेश भट्टराई तेह्रथुम जाँदै
अमृत बास्तोला, तेह्रथुम ६, कार्तिक । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आठराईमा एयरपोर्टको स्थलगत अध्ययनका लागि जानुहुने भएको छ ।
मन्त्री भट्टराई आठराईको चुहानडाडा स्थित थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री भट्टराई कार्तिक ७ बिहान ७:३० बजे पुग्ने कार्यक्रम रहेको मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिनुभयो ।
चुहानडाँडामा एयरपोर्ट बनाउने २०३२ सालदेखि नै चर्चा मात्र चल्दै आएको छ । एयरपोर्टका लागि विभिन्न समयमा सर्भे भएपनि कार्यान्वयन भएको छैन ।

गत फागुन १५ मा चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण गरि फर्कने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलीकप्टर दुर् घटनामा नि धन भएको थियोे ।
मन्त्री अधिकारीले चुहानडाँडामा ८७ करोड लागतमा ३ वर्ष भित्रमा एयरपोर्ट बन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे । यो भिडियो पनि हेर्नुहोस्


