पर्यटनमन्त्री भट्टराईले भने,- आठराई चुहानडाँडामा एयरपोर्ट बन्छ (भिडियो सहित)
अमृत बास्तोला । तेह्रथुम, ७ कार्तिक । बिमानस्थलका निर्माणका लागि पटकपटक चर्चा हुदै आएको तेह्रथुम चुहानडाँडाको थुम्किडाँडामा अब एयरपोर्ट बन्ने भएको छ । एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा आउनुभएका संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रि योगेश भट्टराईले एयरपोर्ट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मुल्यांकन र यो आर्थिक वर्ष भित्र टेन्डर निकाल्ने कार्य हुने भएकोले एयरपोर्ट बन्छ, मन्त्री भट्टराईले भन्नुभयो । यो एयरपोर्ट विभिन्न हिसाबले महत्त्वपूर्ण छ, यही एयरपोर्टको अनुगमन गरि फर्किने क्रममा दुर्घटनामा परि म भन्दा अगाडिका मन्त्री रविन्द्र अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव रहेको छ ।

अरू एयरपोर्ट भन्दापनि यो विभिन्न कारणले चुहानडाँडा एयरपोर्ट प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभयो । पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सेन्टरमा भएकोले यो एयरपोर्ट हरेका हिसाबले उपयुक्त हुदाँ पूर्वी क्षेत्रको पर्यटन विकासको लागि यो एयरपोर्ट निर्माण हुनु महत्त्वपूर्ण रहेको पर्यटन मन्त्री भट्टराईले बताउनुभयो । हेर्नुस् भिडियो


