महराको अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं, ८ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको ब लात्कार प्रयासको आ रोपको प्रहरी अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको छ।

महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको बताए । अब सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्धा चलाउने की नचालउने भन्ने निर्णय गर्ने छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ब लात्कार प्रयास गरेको अभियोगमा महरामाथि ज बरजस्ती क रणी उद्योगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो।

पि डित भनिएकी महिला रोशनी शाहीले भने काठमाडौँ जिल्ला न्यायाधिशलाई निवेदन दिँदै महराबाट कुनैपनि किसिमको दुर् व्यवहार नभएको बताउदै आएकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।