प्रचण्ड र म बीच कुनै दूरी छैन : प्रधानमन्त्री

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताउनुभएको छ ।

अर्का अध्यक्ष प्रचण्ड र आफूबीच बरु दूरी घट्दै गएको प्रधानमन्त्री ओलीको भनाइ छ । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि प्रधानमन्त्रीले आफू र प्रचण्डबीच कुनै दूरी बढेको अवस्था नरहेको बताउनुभएको हो । सञ्चारकर्मीहरुले प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र आफ्नो ओरिजिन एउटै भएको भनेर गरेको तुलनाबारे राखेको जिज्ञासमा ओलीले त्यसो हो भने दूरी बढेको नभइ घटेको भन्नुपर्ने बताउनुभयो ।

नामलाई पाँच सुझाव
प्रधानमन्त्री ओलीले सम्मेलनमा नामको कार्यशैली परिवर्तन गरेर समकालीन चुनौतीको सामना गर्न र सामूहिक समृद्धिको यात्रा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गर्दै आन्दोलनले आफ्ना निर्णयको कार्यान्वयन गर्नुपर्ने, राजनीतिक सन्देशलाई व्यवहारमा उतार्नुपर्ने तथा सदस्यबीचमा रहेका मतभेद अन्त्य गर्दै आन्दोलनलाई प्रभावकारी र गतिशील बनाउन आवश्यक रहेकामा जोड दिनुभएको थियो । सम्मेलनमा उहाँले आन्तरिक रूपमा नामभित्र एकता र ऐक्यबद्धता कायम गर्दै बाह्यरूपमा प्रभावशाली ढङ्गले विश्वव्यापी असमानतालाई सदाका लागि उन्मूलन गर्नुपर्नेलगायत पाँचबुँदे सुझाव दिनुभएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार असंलग्न आन्दोलनले सद्भाव, समझदारी र सहयोग बढाउँदै आन्दोलनको एकतालाई कमजोर तुल्याउने गरी मतभेद र विभाजन आउन दिन नहुने, दक्षिण (गरीब मुलुक)का मुलुकको क्षमता र सामथ्र्य परिचालन गर्दै विकास र साझा समृद्धि हासिल गर्न सामूहिक क्षमता बढाउनुपर्ने, नामले जल्दाबल्दा समसामयिक विषयमा व्यवस्थित ढङ्गले विमर्श गरी समाधानका ठोस उपाय पहिल्याउनुपर्ने र संयुक्त राष्ट्र सङ्घको केन्द्रीयता रहने गरी बहुपक्षीयतालाई मजबुत तुल्याउनुपर्ने सुझाव सम्मेलनमा प्रधानमन्त्री ओलीले राख्नुभएको थियो ।

अजरबैजानमा रहँदा प्रधानमन्त्री ओलीले यही कात्तिक ८ गते नामको उद्घाटन समारोहमा भाग लिनाका साथै पहिलो दिनको अपराह्न सत्रको अध्यक्षता गर्नुभयो भने सम्मेलनलाई सम्बोधन पनि गर्नुभएको थियो । सम्बोधनमा प्रधानमन्त्री ओलीले ६४ वर्ष अगाडि पूर्व र पश्चिमबीचको असहज शीतयुद्धको वातावरणमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्य बाङ्डुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै ती सिद्धान्तले राष्ट्र सङ्घको बडापत्रको सम्मान, राष्ट्रिय स्वभिमानको संवद्र्ध्न, सार्वभौमिक समानता, भौगोलिक अखण्डता तथा अहस्तक्षेप र विवादहरूको शान्तिपूर्ण समाधानको मान्यता स्थापना गरेको बताउनुभएको थियो । सम्मेलनबाट नेपाल नामको एशिया प्रशान्त क्षेत्रबाट सर्वसम्मतरुपमा उपाध्यक्षमा निर्वाचित भएको छ । विश्वका १२० मुलुक सहभागी यस आन्दोलनको नेपाल संस्थापक सदस्य हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।