यस्तो र’ह्यो प्रधानमन्त्री ओलीको भाइटीका – हेर्नुहोस् भिडियो

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरुबाट भाइटीका लगाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिलादेवी कोइराला, विष्णुमाया ढकाल, देवका उप्रेती र इन्दिरा पराजुलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।

मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीहरुको हातबाट टीका लगाउनुभएको हो । टीका लगाइदिएपछि बहिनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुबाउनुभएको थियो ।

उक्त अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तिहारले नेपाली समाजलाई सुव्यवस्थित र भाइचाराको सम्बन्ध स्थापित गर्न ठुलो योगदान पुर्‍याएको धारणा व्यक्त गर्नु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖