तामाङ घेदुङ साईप्रसको तेस्रो वार्षिकोत्सब सम्पन्न
साइप्रस।नेपाल तामाङ घेदुङ साईप्रसले अक्टोबर २७ तारिख आइतबार तेस्रो वार्षिकोत्सब मनाइएको छ । वार्षिकोत्सब लिमासोलस्थित गोर्खा किचन रेस्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
चौथो वर्षमा प्रवेश गरेको घेदुङ रो’जगारीको लागि साइप्रस आइपुगेकी महिलाहरुको स’क्रियतामा गठन भएको हो । “तामाङ जातिको उत्थान,भाषा,धर्म र सङ्कृतिको सं’म्बर्द्वनभन्ने मुल नाराका साथ सन् २०१६ अक्टोबर महिनामा स्थापना भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली सङ्घ साईप्रसका महासचिव कृप थापाले घेदुङ चौथो वर्षमा प्रवेश गरेकोमा बृहत कार्यक्रम गरी मनाएकोमा धन्यवाद दिए । साईप्रसमा हुने समस्यहरुलाई घेदुङसँग सहकार्य गरेर सुल्झाउन गैरआवासीय सङ्घ तत्पर रहेको कृपले बताए ।
घेदुङकी संस्थापक अध्यक्ष नानू गोम्जाले स्थापना कालदेखि साथ दिदै आएको र प्रत्येक्ष तथा अ’प्रत्यक्ष रुपमा साथ दिएको सबैलाई धन्यवाद दिइन् । उने आगामी दिनमा समेत दा’ताहरुलाई हिजोकै जसरी सहयोग गर्न अनुरोध गरिन् ।
समारोहमा घेदुङकी सचिव सुनिला दोङ तामाङले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सभापति घेदुङकी अध्यक्ष साङमो थोकर तामाङ रहेकी थिइन् । कार्यक्रममा निर्मला थिङ तामाङ, सुनिला दोङ तामाङ, मिना लामाले स्वागत गीत गाएकी थिइन् । त्यसैगरी सुनी तामाङ, सोनम घले स्वागत नृत्य प्रस्तुत गरेको थियो ।घेदुङकी महासचिव तथा कार्यक्रम सञ्चालिका लक्ष्मी ब्लोन तामाङले वार्षिक प्रग’ति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

