यस्तो छ प्रधानमन्त्रीको पछिल्लो अवस्था
काठमाडौं, १४ कार्तिक । ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने बताएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा। दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओली हिजो बुधबार अस्पताल भर्ना हुनुभएको थियो । यसैबीच प्रधानमन्त्री ओलीको दुई पटक डायलासिस गरिएको छ । प्रधानमन्त्री ओलीको फेरि डायलासिस गर्नुपर्ने नपर्नेबारे रगतको रिपोर्ट आएपछि चिकित्कसहरुले निर्णय गर्ने मेडिकल डाइरेक्टर पाण्डेले बताउनुभयो ।



